Madhes Khabar
शिक्षा हेडलाइन

हरिखेतान क्याम्पसकाे विवाद: भगवान यादवकाे पक्षमा उभिएर कांग्रेसले दियाे यस्तो चेतावनी…

वीरगन्ज,२५पुस:वीरगन्जकाे हरिखेतान बहुमुखी क्याम्पसमा अहिले उत्पन्न विवाद र तनाव तत्काल व्यस्थापन गर्न नेपाली कांग्रेसले अनुराेध गरेकाे छ।

शुक्रबार कांग्रेस वीरगन्ज महानगर समितिका सभापति मणिन्द्रलाल श्रेष्ठ नेपालीले एक विज्ञप्ति जारी गर्दै क्याम्पसमा उत्पन्न विवाद र तनाव तत्काल व्यवस्थापन गरि समाधान गर्न क्याम्पस सञ्चालक समितिसंग आग्रह गरेका हुन्।अन्यथा कांग्रेसले निर्मम कदम चाल्न बाध्य हुने चेतावनीसमेत उनले दिएका छन्।

 

पूर्वज समाजसेवी र शिक्षाप्रेमीहरुले २०३८ सालमा स्थापना गरेकाे हरिखेतान बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस भएपनि विगत दुई वर्ष यता निजिकरण गरेर क्याम्पसलाई नै धराशायी बनाउने षड्यन्त्र भइरहेकोप्रति कांग्रेसले आपत्ति जनाएको छ।स्थापनाकालदेखिका क्याम्पस प्रमुख डा. भगवान यादवले क्याम्पस प्रमुख रहेका बेलासम्म क्याम्पस शैक्षिक, आर्थिक रुपमा सशक्त रहेकाे तर उनलाई प्रपञ्च रचेर हटाएदेखि यता क्याम्पस धराशायी बन्दै गएको कांग्रेसले जनाएको छ।

 

यादवलाई क्याम्पस प्रमसखबाट हटाएपछि यता सञ्चालक समितिका नाममा केही सिमित व्याक्तीले क्याम्पसलाई निजीकरण गर्ने नियतले कानुन मिचेर विधान बनाएकाे, याेग्यता नभएका आफ्ना आसेपासेहरुलाई क्याम्पसकाे विभिन्न पदमा नियुक्त गरिरहेकाे,मनपरि ढंगले शुल्क बढाउँदै लगेकाे भन्दै कांग्रेसले संस्था र विद्यार्थीकाे भविष्यसंग खेलवाड गर्ने काम सह्य नहुने चेतावनीसमेत दिएको छ।

Related posts

‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगन्जबाट अयोध्याका लागि प्रस्थान

MadhesKhabar

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

MadhesKhabar

बारामा एकैदिन ३३२ जना फरार अभियुक्त पक्राउ

MadhesKhabar

Leave a Comment