Madhes Khabar
शिक्षा

वीरगन्जमा नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवस मनाइयो

वीरगन्ज,२३पुसःवीरगन्जमा नेपाल राष्ट्रिय अभिभावक संघको २४ औ स्थापना दिवस मनाइएको छ । बुधबार वीरगन्ज–४ विर्ताबजार स्थित अतिथीसदनमा नेपाल राष्ट्रिय अभिभावक संघ पर्सा जिल्ला अध्यक्ष हृदयमोहन लाल दासको अध्यक्षता एवं भुतपुर्व प्रधानाध्यापक शत्रुघ्न गिरिको प्रमुख आतिथ्यतामा आयोजित अभिभावक संघको स्थापना दिवसको कार्यक्रममा शिक्षाविद प्रकाश कुमार उपाध्याय ,विश्वनाथाथ प्रसाद चौरसिया,दलित नेता अशोक राउत ,संघका बारा जिल्ला अध्यक्ष शम्भु पण्डित ,रामविनोद सिंह ,श्रवण बहादुर रायमाझी ,लालबाबु सिंह,राजेश्वर प्रसाद कानु,धनबहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गिरिले अभिभावक एकजुट हुन नसकेकोले बिद्यार्थीहरुको ज्ञान् आर्जनमा कमि आउने र अन्तमा परीक्षाको नतिजामा पनि असर पर्ने गरेकोले अभिभावकहरु एकजुट हुन आजको समयको आवश्यकता रहेकोमा जोड दिए ।

शिक्षाविद उपाध्यायले हरेक अभिभावकले आफ्नो सन्तानको शिक्षाको बारेमा गम्भीर भएर ध्यान दिएमा शिक्षाको गुणस्तर अझ उकासिने बताए । अध्यक्ष दासले ं बिद्यार्थीहरुको शैक्षिक स्तर उकास्न संघमार्फत सम्पुर्ण अभिभावकहरु गोलबन्द हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमको सहजिकरण संघका केन्द्रिय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक सुरेन्द्र प्रसाद कानुले गरेका थिए भने स्वागत मन्तव्य महानगर सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए ।

 

Related posts

बेर्डिङ स्कुलको शुल्क वृद्धि लगायतका समस्या एक महिना भित्र सामधान गर्ने मेयर सिंहको प्रतिबद्धता

MadhesKhabar

कक्षा-१२ काे परीक्षा बैशाख २६ देखि

MadhesKhabar

माग पुरा गर्न सरकार तयार भएपछि निजी विद्यालयहरुकाे आन्दोलन स्थगित

MadhesKhabar

Leave a Comment