वीरगन्ज,२०पुसःगरिब,दिनदुखीहरुलाई निःशुल्क कपडा बाँडदै आएको वीरगन्ज कपडा बैंकलाई इनर व्हील क्लब अफ वीरगन्जले वीरगन्जले १५ पोका कपडा सहयोग गरेको छ ।
अहिलेको जाडो मौसमलाई मध्यनजर गर्दै इनर व्हील क्लब अफ वीरगन्जले सामाजिक उत्तरदायित्व अन्तर्गत १५ पोका न्यानो कपडा वीरगन्ज कपडा बैंकलाई सहयोग स्वरुप प्रदान गरेको हो।
जाडो मौसममा गरिब, असहाय तथा विपन्न वर्गलाई न्यानो कपडाको आवश्यकता बढी हुने भएकाले क्लबले सामाजिक सेवाको भावनाले यो सहयोग गरेको इनर व्हील क्लबकी अध्यक्ष मञ्जुरी श्रेष्ठले बताइन्। यस्ता मानवीय सहयोग कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाइ थियो।
कपडा बैंकका सचिव कन्हैया पटेलले इनर व्हील क्लब अफ वीरगन्जप्रति आभार व्यक्त गर्दै प्राप्त न्यानो कपडा वास्तविक आवश्यकता भएका व्यक्तिहरूसम्म पु¥याइने जानकारी दिए। समाजमा सहयोग, सहकार्य र मानवता प्रवद्र्धन गर्न यस्ता संस्थागत प्रयासहरू अत्यन्तै प्रेरणादायी हुने उनले बताए।
कपडा हस्तान्तरण कार्यक्रममा इनर व्हील क्लब अफ वीरगन्जकी अध्यक्ष मञ्जुरी श्रेष्ठ, सचिव नीलम बेहाउत, उपाध्यक्ष प्रीति गुप्ता ,सदस्यहरू रोशिता श्रेष्ठ, भगवान श्रेष्ठ, प्रियंका झा, सरिता यादव, वीरगन्ज कपडा बैंकका सचिव कन्हैया पटेल, सल्लाहकार प्रकाश उपाध्याय लगायतकाकोपनि सहभागिता थियो ।

