Madhes Khabar
राजनीति हेडलाइन

पर्साबाट जसपा नेपालले गर्यो उम्मेदवार सिफारिस : पर्सा–१ बाट कस्ले पाउँछ टिकट राउत कि यादव ?

वीरगन्ज,१८पुसःआगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा ) नेपाल पर्साले जिल्लाका चार वटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको उम्मेदवारका लागि १२ जनाको नाम उम्मेदवारको सिफारिस गरेको छ ।

शुक्रबार बसेको जसपा नेपाल पर्सा कार्यकारीणी समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका लागि १२ जनाको नाम सिफारिस गरेको हो ।चार वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समन्वय समितिको तर्फबाट आएका १२ जनाको नाम केन्द्रिय कार्यसमितिमा सिफारिस गरिएको जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले जानकारी दिए ।

जसअनुसार, पर्सा क्षेत्र नम्बर १ बाट पार्टीका महासचिव तथा पूर्वमूख्यमन्त्री लालबाबु राउत ,पार्टीका मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव र जिल्ला अध्यक्ष रामनरेश प्रसाद याददवको नाम सिफारिस गरिएको छ ।

यस्तै क्षेत्र नम्बर २ बाट यसअघि २०७९ को निर्वाचनमा प्रत्यक्षमै चुनाव लडेर पराजित भएका सुरेन्द्र प्रसाद कुर्मी, उद्योगपति अशोक कुमार टेमानी, पूर्व वडाध्यक्ष संतोष तिवारी, वडाध्यक्ष आशुतोष चर्तुवेदी, कामेश पंडित र वीरेन्द्र प्रसाद यादवको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष यादवले जानकारी दिए ।

यसैगरि क्षेत्र नम्बर ३ बाट नगेन्द्र प्रसाद यादव र भरत गिरी तथा क्षेत्र नम्बर ४ बाट डा. कृपासिन्धु प्रसाद चौधरीको नाम जसपा नेपाल पर्साले केन्द्रिय कार्यसमितिमा सिफारिस गरेको छ । चौधरी, केहि दिनअघि मात्रै नेपाली कांग्रेस परित्याग गरि जसपा नेपालमा प्रवेश गरेका थिए । उनि कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि थिए ।

जसपा नेपाल पर्साले जिल्लाबाट केन्द्रमा सिफारिस गरेका उम्मेदवारहरुमा हालै मात्र अशोक राई नेतृत्वको जसपा परित्याग गरि जसपा नेपालमा फर्किएका पूर्वमन्त्री एंव पर्सा–१ निवर्तमान सांसद प्रदीप यादवको भने नाम भने समावेश छैन ।यादव , २०७४ र २०७९ को निर्वाचनमा पर्सा–१ बाट लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै हालै जसपा नेपालसंग पार्टी एकता गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पनि कुनै पनि नेताको नाम जसपा नेपाल पर्साले सिफारिस गरेको छैन ।

जसपा नेपाल पर्साका अध्यक्ष यादवले भने जसपा नेपालमा हालै प्रवेश गरेका नेता र पार्टी एकता गरेका गरेका अन्य दलका बारेमा केन्द्रिय कार्य समितिले औपचारिक वा आधिकारिक रुपमा जिल्ला कार्यसमितिलाई जानकारी नगराएको बताए । त्यहि कारण जिल्ला कार्यसमितिले पहिले नै क्षेत्रीय कार्यसमितिले सिफारिस गरेकाहरुको नाम मात्रै केन्द्रिय कार्यसमितिमा सिफारिस गरेको उनले बताए ।उनले भने,‘ केन्द्रबाट त्यसबारे हामीलाई अहिलेसम्म आधिकारीक रुपमा कुनै सर्कुलर नै आएको छैन । यदि पछि सर्कुलर आयो भने त्यसपछि फेरबदल हुन सक्छ । ’

यता पूर्वमन्त्री यादवले भने उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसंग गरिएको पार्टी एकताको आधिकारीक परिपत्र जिल्लामा गरिएपछि अहिले सिफारिस भएका नामहरुमा व्यापक फेरबदल हुने बताए ।

Related posts

गोल्डेनको हत्यामा संलग्न ‘खुनी दरिन्दे समुह’का ४ जना कारागार चलान

MadhesKhabar

वीरगन्ज–१० मा वडाध्यक्ष कानु उत्रिए एक्शनमा : बोरिङमा जोडिएको मोटरको पाइप काट्न थाले

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment