वीरगन्ज,१०पुसः वीरगन्जमा रहेको आमाको माया छात्रावासको संरक्षणमा रहेका बालबालिकाहरुलाई चिसो मौसममा तातो पानी खानका लागि ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलले १० थान थर्मस प्रदान गरेको छ।
वीरगन्जमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरूलाई जाडो याममा तातो पानी सेवन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलले १० थान थर्मस सहयोग स्वरुप प्रदान गरेको छ।
ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलकी अध्यक्ष नाभ्या खेतानका अनुसार क्लबका विद्यार्थीहरूले आफ्नै खाजाको पैसा बचत गरेर १० थान थर्मस किनेर सहयोग गरेका हुन् ।
उक्त कार्यक्रममा प्रकाश कर्णले आउने एक हप्ताभित्र छात्रावासमा रहेका बाँकी १६ जना विद्यार्थीहरूका लागि थप १६ थान थर्मस सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई,प्रकाश कर्ण,सञ्चारकर्मी अभिलाष गुप्ता,क्लबका पूर्व अध्यक्ष ओम द्विवेदी, मोहित मित्रुका, जेसिका यादव, रिपु राउत, एमडी. साहिल, रिशान्त कुमार सिंहलगायतकोपनि उपस्थिती थियो ।

