Madhes Khabar
समाज

बाराको त्रिवेणीमा आयोजित कार्यक्रममा २५ जनाले गरे रक्तदान

वीरगन्ज,३०कार्तिकःबाराको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीमा शुक्रबार आयोजित रक्तदान काार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

त्रिवेणी धाम मेलाको उपलक्ष्यमा गाँउपालिकाको स्वास्थ्य शाखाले साहस नेपाल र गढीमाई साझेदारी वन ब्यवस्थापन समितिको सहयोगमा आयोजना गरेको रक्तदान काार्यक्रममा एक महिलासहित २५ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा रबिना साह ,सुरेश प्रसाद यादव, अर्नुक भुजेल,अम्बिका ठाकुर हजाम,नरेश दास,प्रेम कुमार साह,राम एकबाल प्रसाद साह, बैजु पटेल,जगत नारायण महतो लागायतका रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी दिए ।

गढीमाई साझेदारी वन ब्यवस्थापन समिति पथलैया बाराका अध्यक्ष राम एकबाल साह तेलीको अध्यक्षता तथा डिभिजन वन कार्र्यालय बाराका अधिकृत राजिव कुमार झाको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा वन अधिकृत ललन राउत कुर्मी ,वडाध्यक्ष बिगन दास,लालबाबू मुखिया , शेषनाथ कुशवाहा, राजदेव पटेल, प्रभु साह,साहस नेपालका अध्यक्ष राजेश प्रसाद कुशवाहा लगायतकाोपनि उपस्थिती थियो ।

Related posts

उपकार सेवा नेपालद्वारा मनियारीकाे दलितबस्तीका बालकलाई ह्वील चेयर सहयाेग

MadhesKhabar

सबैजना हाेलीमा रमाइरहेका बेला अस्पतालमै पुगेर दुई बिरामीलाई आर्थिक सहयोग

MadhesKhabar

वीरगन्जको सरकारी विद्यालयका २ सय बालबालिकालाई न्यानाे लुगा वितरण

MadhesKhabar

Leave a Comment