Madhes Khabar
समाज

वीरगन्जको रेल्वे रोडबाट चरेस सहित दुइ युवक पक्राउ

मधेसखबर
वीरगन्ज , २६ असोज : वीरगन्जबाट प्रहरीले लागु पदार्थ चरेस सहित २ युवकलाइ पक्राउ गरेकने छ ।प्रहरीले ९ केजी ५ सय ग्राम चरेस सहित वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का १९ बर्षिय करण राय र त्यहि ठाँउका २० बर्षिय राज चौरसीयालाइ पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज ८ रेल्वे रोडमा बुधबार दिउँसो सवारी साधन तथा पैदल यात्री चेकजाँच गर्ने क्रम्मा रायले बोकेको झोला खानतलाशी गर्दा ९ केजी ५ सय ग्राम चरेस बरामद भएको थियो ।

पक्राउ परेका रायले दिएको बयानका आधारमा चरेस ओसारपसार संलग्न चौरसीयालाइ पनि पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए । चरेस सहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको बस्नेतले बताए ।

Related posts

१२ वर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

MadhesKhabar

नारायणी अस्पतालकाे वार्षिक उत्सव : ९१ जनाले गरे रगतदान

MadhesKhabar

वीरगन्जको स्पर्श मल्टिस्पेशालिटी हस्पिटलमै बालिका बलात्कृत

MadhesKhabar

Leave a Comment