Madhes Khabar
समाज

एमाले हार्न थालेपछि मतगणना बहिष्कार,मतगणना सुचारु गर्न आयोगको निर्देशन

मधेसखबर
वीरगन्ज,०४जेठ
: पर्साको जगरनथपुर गाउँपालिकामा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगका उपसचिव ऋषिराम भुषालले निर्वाचन अधिकृतको कार्यालय जगरनाथपुर गाउँपालिकालाई पत्रचार गर्दै रोकिएको मतगणना सुचारु गर्न निर्देशन दिएका हुन् ।
जगरनाथपुर गाँउपालिकामा नेकपा एमालेले बहिष्कार गरेपछि मङगलबार अपरान्ह देखि मतगणना रोकिएको छ ।
बुधबार निर्वाचन आयोगले मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र बदर गरी मतगणना कार्य सुचारु गर्न निर्देशन दिएको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए ।
निर्वाचन अयोगले मतपत्रमा हस्ताक्षर नगरी मतपत्र वितरण गर्ने सम्बन्धित मतदान अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गर्न पनि निर्देशन दिएको शर्माले बताए ।
आयोगको पत्र पाएसँगै मतगणना सुचारु गराउने तयारी समेत थालिएको शर्माले बताए ।
एमालेले मतगणनाका क्रममा मतपत्रमा काँग्रेसको रुख चिन्हमा मात्र स्वास्तकि छाप लगाएको र मतदानअधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएको भन्दै एमालेले मङगलबार देखि मतगणना बहिष्कार गरेको छ ।
बुधबार बिहान वीरगन्जमा पत्रकार सम्मेलन नै गरेर एमाले नेता एंव गाँउपालिका निवर्तमान अध्यक्ष जालीम मियाँकोे समुहले मतदानकै बेला काँग्रेसले धाधली गरेको र त्यो कुरा मतगणना गर्ने क्रममा पुष्टि भएको बताएको थियो ।
पत्रकार सम्मेलनमा जालीमले भनेका थिए ,‘ एउटै तरिकाले ३ सय मतपत्रमा भोट खसालिएको छ, ५० भन्दा बढी मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नै छैन् ।’ उनले यस बारेमा छानबिन नगरिएसम्म आफुहरुले मतगणना बहिष्कार नै गरिने बताए ।
करिब चार महिना अगाडि मात्र माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका जालिमले एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार आफ्ना भाई सलिम मन्सुरलाई ।
कुल ६ वटा वडा रहेको जगरनाथपुर गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ । वडा नम्बर १ मा कांग्रेसका लक्ष्मी साह तेली र वडा नम्बर २ पनि कांग्रेसकै नेपाली कुशवाहा वडाअध्यक्षमा निर्वाचित भइसकेका छन् ।

Related posts

चुरे संरक्षणका लागि मधेसदेखि काठमाडौंको पदयात्रा

MadhesKhabar

कोल्हवी-५ का वडाध्यक्ष चाैधरी पक्राउ

MadhesKhabar

गहवामाई रथ यात्राको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा ४२ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment