वीरगन्ज,१७पुसःसाहिब दरबार वीरगन्ज नेपाल नामक संस्थाले आँखामा मोतिया बिन्दुको समस्या भएका २३ जनाको आँखाको निःशुल्क शल्यकृया गराएको छ ।
वीरगन्जस्थित वीरगन्ज साुमदायिक आँखा केन्द्रमा मंगलबार साँझ २३ जनाको निःशुल्क शल्यकृया गरिएको हो । शल्यकृया गरिएकाहरुको यातायात र बासको व्यवस्था साहिब दरबारले नै गरेको र उनिहरुलाई चश्मा र औषधिपनि निःशुल्क उपलब्ध गराइएको साहिब दरबार वीरगन्ज नेपालका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।
सहनीका अनुसार, गत शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर २१ ताजपुरमा साहिब दरबार वीरगन्जले वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा चाँच शिविर आयोजना गरेको थियो ।
उक्त शिविरमा १६५ जनाको आँखा परीक्षण गरिएकोमा तीमध्ये ३८ जनामा मोतियाबिन्दुको समस्या भेटिएको थियो ।उनिहरुमध्ये २३ जना मात्र अस्पतालमा आएकाले उनिहरुको शल्यकृया गरेर बुधबार बिहान घर पठाइएको वीरगन्ज सामुदायिक आँखा केन्द्रका सञ्चालक महेश सिंह धामीले जानकारी दिए ।

