वीरगन्ज,९मंसिर:पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकामा शनिबार आयाेजित रक्तदान कार्यक्रममा तीन सय पाँच जनाले रगत दान गरेका छन्।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा ईलाका प्रहरी कार्यालयकाे प्राङ्गणामा आयाेजित रक्तदान कार्यक्रममा तीन सय पाँच जनाले रगत दान गरेका हुन्।
रक्तदान कार्यक्रमकाे उद्घाटन पर्साका प्रहरी उपरीक्षक काेमल शाहले गरेका थिए।रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जले प्राविधिक सहजिकरण गरेकोे थियाे।

