Madhes Khabar
समाचार

पर्साको धुतहा खोलाको बगरबाट सशस्त्र प्रहरीद्धारा १२० केजी गाँजा बरामद, तस्करहरु फरार

वीरगन्ज,९पुसः पर्साको धुताहा खोलाको बगरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।बिन्दवासिनी गाँउपालिका वडा नम्बर ५ प्रसौनीभाठास्थित धुतहा खोलाको बगरबाट मंगलबारराति सशस्त्र प्रहरीले ८ वटा ठूलो पोकामा रहेको १ सय २० केजी लागू औषध गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बेस क्याम्प प्रसौनिभाठाबाट खटिएको सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको सशस्त्र प्रहरी वल नेपाल नम्बर.१३ गण हेढ.क्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए ।

धुतहा खोलाको बगरमा सशस्त्र प्रहरीको टोली पुग्दा गाँजा बोकेर गइरहेका मान्छेहरु गाँजाको भारी छाडेर फरार भएकाले उनिहरुलाई भने पक्राउ गर्न नसकिएको योञ्जनले बताए । बरामद गाँजा आवश्यक कारबाहीका लागि बुधबार ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको जानकारी उनले दिए।

Related posts

रौतहटमा जिउँदैलाई मरेको बनाएर विधवा भत्ता दिने वडाध्यक्षलाई कारबाहीको माग गर्दै उजुरी

MadhesKhabar

महोत्तरीको पत्रकारितामा नयाँ इतिहास

MadhesKhabar

वीरगञ्ज–३२ नवकटोलामा कांग्रेस उम्मेदवार रुँगटाको अगुवा कार्यकर्तासँग भेटघाट

MadhesKhabar

Leave a Comment