Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा वीरगन्जमा हिन्दु महिला र छात्राहरुको प्रदर्शन

वीरगन्ज,९पुसःबंगलादेशमा एक हिन्दु युवकलाई जिउँदै जलाएर मारिएको घटनाको विरोधमा वीरगन्जमा महिला र युवतीहरुले प्रदर्शन गरेका छन् । विश्व हिन्दु परिषद नेपाल महिला विभागको अगुवाइमा बुधबार वीरगन्जमा प्रदर्शन गरिएको हो ।

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस अगाडिबाट महिला, युवती, किशोरी र छात्राहरुको सहभागितामा निस्किएको विरोध जुलुश आदर्शनगर,माईस्थान, घण्टाघर चोक हुदैं नपरिक्रममापछि जिल्ला प्रशासन कार्यालय अगाडिपनि पुगेर ज्ञापनपत्रपनि बझुाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुझाइएको ज्ञापनपत्रमार्फत उनिहरुले बंगलादेशमा हिन्दु युवक ३० वर्षीय दिपुचन्द्र दासको हत्यामा संलग्नहरुलाई कारबाही गर्न माग गरेका छन् ।

साथै उक्त घटनाको नेपाल सरकारले स्वतन्त्र, निष्पक्ष तथा अन्तर्राष्ट्रिय निगरानीसहित छानबिन गराउन बंगलादेश सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने मागपनि उनिहरुले गरेका छन् । यसका साथै उक्त जघन्य अपराधमा संलग्न सबै दोषीलाई कानूनअनुसार कडा सजाय सुनिश्चित गर्न नेपाल सरकारले औपचारिक दबाब दिनुपर्ने,बंगलादेशमा रहेका हिन्दू अल्पसंख्यक समुदायको जीवन, सम्पत्ति, धार्मिक स्वतन्त्रता, मठ–मन्दिर तथा मान–सम्मानको सुरक्षा सुनिश्चित गर्नुपर्ने, उक्त घटनाको नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत विरोध जनाउनु पर्ने माग पनि उनिहरुको छ ।

संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चहरूमा नेपाल सरकारले यो विषय उठाएर बंगलादेशमाथि कूटनीतिक दबाब सिर्जना गर्नुपर्ने माग गर्दै उनिहरुले नेपालस्थित बंगलादेशी दूतावासमार्फत उक्त घटनाबारे आधिकारिक स्पष्टीकरण माग गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै रोहिङ्गया तथा बंगलादेशीको नाममा नेपालमा भइरहेको अवैध घुसपैठ, कट्टरपन्थी गतिविधि र आतंकवादी सञ्जालमाथि नेपाल सरकारले सीमा नाकामा कडा निगरानी गर्नुपर्ने माग पनि उनिहरुले गरेका छन् ।

साथै नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षाको रक्षा गर्नपनि नेपाल सरकारसंग उनिहरुले माग गरेका छन् ।

Related posts

वीरगन्जको लालपर्सा स्वास्थ्य चौकीमा रगत,दिशा र पिसाबको जाँच हुने ल्याब सञ्चालन

MadhesKhabar

जसपा नेपालले घोषणा गर्‍यो आन्दोलनको कार्यक्रम : वीरगन्जमा पुस १५ गते जनप्रदर्शन

MadhesKhabar

प्रदीप यादवलाई जिताउन अन्य पार्टी त्यागेर महिला नेतृहरु पनि जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment