Madhes Khabar
स्थानिय हेडलाइन

निर्वाचन आयोगले जरिवाना तोके पछि पर्साका दलित उम्मेदवारहरु समस्यामा

प्रमोद यादव
पर्सा , ०८ असोज : गत स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाए पछि जिल्ला निर्वाचन कार्यालय पर्साले केही दलका उम्मेदवारहरूलाई जरिवाना तोकेपछि ती मध्येका गरिब उम्मेदवारहरु समस्यामा परेका छन् ।खासगरि दलित समुदायका गरिब उम्मेदवारहरु आयोगले गरेको जरिवाना तिर्न नसक्दा समस्यामा परेका हुन् ।

 

पर्साको पटेर्वासुगौली गाउँपालिका–४ निवासी नेपाल सुशासन पार्टीबाट मकै छाप चुनाव चिह्न लिएर गाउपालिका अध्यक्षमा उम्मेदवारी दिएका लालबाबु राम चमार जरिवाना तिर्न नसक्ने भएपछि चिन्तित भएका छन् । उनले पार्टीको मुख्य सिद्धान्त अनुसार निस्स्वार्थ समाजसेवा गर्न चुनाव लडेको बताए । चुनावमा खासै खर्च नभएको, तर निर्वाचन कार्यालयले जरिवाना तोकेपछि चिन्तित भएको उनले बताए ।

 

आफूसँग खेतबारी नभएको र अरूको खेतमा काम गरी जीवननिर्वाह गरिरहेको अवस्थामा निर्वाचन कार्यालयले ३ लाख ५ हजार जरिवाना गरेपछि इन्तु न चिन्तु भएको उनले बताए । उनले जरिवाना माफी गर्नुपर्ने प्रतिक्रिया दिए ।

 

यसैगरी पटेर्वासुगौली गाउँपालिका–४ वडासदस्य पदको लागि एमालेबाट दलित कोटाका उम्मेदवार प्रेमशिल ादेवी राम चमारलाई पनि निर्वाचन कार्यालयले एक लाख ५० हजार जरिवाना तोकेको छ । उनले ऐलानी जग्गामा घर रहेको र बिहान–बेलुका अरूको खेतबारीमा काम गरी जीवन निर्वाह गरिरहेको अवस्थामा निर्वाचन कार्यालयले डेढ लाख जरिवाना गरेपछि समस्यामा परेको बताइन् । उनले यो जरिवाना रकम पार्टीले नै तिर्नुपर्ने बताइन् ।

जिल्ला निर्वाचन कार्यालय पर्साले भने निर्वाचनसम्बन्धी कानून तथा आचारसंहिता बमोजिम निर्वाचन खर्च समयमा नबुझाउनेलाई कारबाही स्वरूप जरिवाना गरिएको जनाएको छ ।

Related posts

मधेस प्रदेशस्तरीय छनाैट क्रिकेटमा पर्सा विजयी

MadhesKhabar

वीरगन्जको हरि खेतान क्याम्पसमा पहिलो पटक नेविसंघको पहलमा स्ववियु गठन

MadhesKhabar

सेवासुविधा थपिएपछि नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या बढ्याे

MadhesKhabar

Leave a Comment