Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा दिपावली लक्षित ‘रात्रि बजार’ लाग्दै

फाइल तस्बिर ।

वीरगन्ज,११कार्तिकःदिपावलीको अवसर पारेर वीरगन्जमा पुनः ‘रात्रि बजार’ सञ्चालन गरिने भएको छ । वीरगन्ज महानगरपालिकाले दिपावलीलाई लक्षित गरेर आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म भोलि (सोमबार)देखि ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।

भोलिदेखि बिहीबार लक्ष्मीपूजाको दिनसम्म दिपावली लक्षित रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए । वीरगन्जको अर्थतन्त्र चलायमान बनाउन र अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउन रात्रि बजारले भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।

वीरगन्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा हुन लागेको रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टलहरु राखिनेछ ।

यसका साथै नेपाली सांस्कृतिक परम्परा झल्कने झाँकीको प्रस्तुतीका साथै दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना हुने मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए।

 

Related posts

वीरगन्जको बालसुधार गृहमा बाल कैदीबन्दीहरुले तोडफोड गर्न खोजेपछि भयो तनाव

MadhesKhabar

आज भाइटिका, उत्तम साइत बिहान ११: ३७ बजे

MadhesKhabar

राष्ट्र बैंकले ल्याएको चालू पूँजी कर्जा मार्गदर्शन प्रति वीरगन्जको नीजी क्षेत्र असन्तुष्ट

MadhesKhabar

Leave a Comment