रौतहट,६ पुस:राैतहटकाे चन्द्रपुर नगरपालिका–१० बालचनपुरमा शनिबारराति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन्।
गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्र्याक्टरले चन्द्रपुरबाट गरुडातर्फ जाँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक रौतहटकाे गढिमाई नगरपालिका–४ सुन्दरपुर निवासी ५० वर्षीय प्रमोद साह कानुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार ६५ वर्षीय जोगिन्द्र हजारा पासवानको टाउकोमा गम्भीर चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरी निरीक्षक दिनेश थापाले जानकारी दिए ।ठक्कर दिने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने त्यसका चालक भने फरार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।प्रिमेश शिवाकोटी /अन्नपूर्ण पाेष्ट

