Madhes Khabar
स्वास्थ्य

आशा किरण केन्द्रको वार्षिक उत्सवमा नेशनल मेडिकल कलेजसंग गरियो स्वास्थ्य उपचार सम्झौता

default

वीरगन्ज,५पुसःवीरगन्ज–१५ भेडियाहीस्थित नेशनल मेडिकल कलेज प्रा.लि. र आशा किरण केन्द्रबीच स्वास्थ्य उपचार सेवा सम्बन्धि सम्झौता गरिएको छ।आशा किरण केन्द्रको ११औँ वार्षिकोत्सवको विशेष कार्यक्रममा ती दुवै संस्थाबीच सम्झौता गरिएको हो । जसमा आशा किरण केन्द्रका कर्मचारी, अभिभावक र विकासात्मक चुनौती भएका बालबालिकालाई मेडिकल कलेजले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ।

सम्झौताअनुसार नेशनल मेडिकल कलेजले आकस्मिक घटना, आपत्कालीन स्वास्थ्य सेवा र क्यासलेस थर्ड पार्टी इन्स्योरेन्स सुविधा उपलब्ध गराउनेछ। साथै, ओपीडी, डे–केयर, सामान्य बेड, आईसीयू एनआईसीयू पिक्यू, सर्जरी, प्रयोगशाला परीक्षण, एक्स–रे,भिडियो एक्स–रे, सीटी स्क्यान , एमआरआई, फार्मेसी तथा डेन्टल प्रक्रियामा छुट प्रदान गरिनेछ भने बालबालिकाहरूका लागि छुट विशेष रूपमा लागू हुनेछ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेशनल मेडिकल कलेजका तर्फबाट अस्पताल निर्देशक डा. इशरत जाहान अन्सारी,प्रमुख कार्यकरी अधिकृत इञ्जिनियर प्रदीप कुमार चौधरी र बजार प्रबन्धक जितेश चन्द्र दास तथा आशा किरण केन्द्रका तर्फबाट संस्थापक सुनिल गुप्ता उपस्थित थिए।

Related posts

भगवती युवा क्लबको कार्यक्रममा १ सय १ जनाद्वारा रगत दान

MadhesKhabar

छात्राहरुसंग यौनजन्य दुर्व्यवहार गरेको आरोपमा नारायणी अस्पतालका एक स्वास्थ्यकर्मी पक्राउ

MadhesKhabar

वीरगन्जमा दलित पत्रकार संघले आयोजना गरेको निःशुल्क शिविरबाट १०२ जना लाभान्वित

MadhesKhabar

Leave a Comment