Madhes Khabar
स्वास्थ्य

वीरगन्जमा दलित पत्रकार संघले आयोजना गरेको निःशुल्क शिविरबाट १०२ जना लाभान्वित

वीरगन्ज,३२साउनःवीरगन्जमा शुक्रबार रास्ट्रिय दलित पत्रकार संघ पर्साले आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा १०२ जनाको आँखा परिक्षण गरिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ गहवामा आयोजित शिविरमा १०२ जनाको आँखा परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये २५ जनामा मोतिया बिन्दुको समस्या भेटिएको संघका अध्यक्ष श्याम पासवानले जानकारी दिए।उनिहरुको भदौं २ गते वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यकृया गरिनेपनि उनले बतााए ।

शुक्रबारको शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीले आँखाको जाँच गरेका थिए । शिविरको उद्घाटन नेकपा ( एकीकृत समाजबादी ) पर्साका अध्यक्ष बालगोपाल थापाले गरेका थिए ।

संघका अध्यक्ष पासवानको अध्यक्षतामा भएको शिविरमा संघका सल्लाहकारद्वय बृजलाल पासवान र सुभाष राम, उपाध्यक्ष सुरेश बादल ,दलित अभियान्ता नीला राम ,स्थानीय अगुवा उमेश ठाकुर,वडासदस्य संगीता दास लगायतकोपनि उपस्थिती रहेको थियो ।

Related posts

नारायणी अस्पतालकाे पक्षमा सर्वाेच्चले फैसला गरेपछि वीरगन्जमा मनाइयाे खुशीयाली

MadhesKhabar

नारायणी अस्पतालमा कुरुवासंग प्रहरीको दुर्व्यवहार,अस्पतालमा पुगेर मेयर सिंहले लिए एक्शन

MadhesKhabar

मन्त्रालयकै निर्देशनमा बालबालिकालाई फाइजर खाेप लगाइएकाे हाे : वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment