Madhes Khabar
राजनीति

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासकाे मत

जनकपुरधाम,४पुस : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। नेपाली काङ्ग्रेस सहित ७ दलको समर्थनमा बनेको कृष्णा प्रसाद यादवले नेतृत्वको सरकारले विश्वासको मत पाएकाे हाे।

 

मधेस प्रदेशसभामा उपस्थिति ९२ सदस्य मध्ये सबै ९२ जनाले मुख्यमन्त्री यादवकाे पक्षमा मतदान गरेका हुन्। विपक्ष र तटस्थमा शून्य मत परेको छ। प्रदेशसभामा सरकारका लागि बहुमतको आवश्यक संख्या ५४ मत आवश्यक पर्छ।

नेपाली काङ्ग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका यादवलाई नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी , नेपाल संघीय समाजवादी, संघीय समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका हुन्।

 

यादव ७ दलका ७७ जना सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। मधेस प्रदेशसभामा हाल कुल १०७ सदस्य संख्या मध्ये ३ जना निलम्बित छन्। जसमा नेकपा एमाले १, जसपा १ र लोसपा १ जना रहेका छन्।

Related posts

पर्सामा जसपा निकटकाे शिक्षक फाेरमकाे जिल्ला र महानगर समिति गठन

MadhesKhabar

वीरगन्ज नर्सिङ्ग क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघसहित चार संगठन दर्ता

MadhesKhabar

मधेसमा एमालेले मलकाे कारखाना खाेल्छ : वरिष्ठ उपाध्यक्ष पाेखरेल

MadhesKhabar

Leave a Comment