Madhes Khabar
समाचार

जेनजी आन्दोलनमा काठमाडौंकाे जेलबाट भागेका २ जना कैदी बारामा पक्राउ

जिप्रका बारा।

बारा,४पुस:जेनजी आन्दोलनका क्रममा गत भदाैं २४ गते काठमाडौंकाे सुन्धारास्थितकेन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका लागुऔषध मुद्दाका दुई जना कैदीहरु तीन महिनापछि बारामा पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा पुर्पक्षमा राखिएका बाराकाे करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपराका २९ बर्षिय विवेक चौधरी र त्यही वडाका २३ बर्षिय कृष्णा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बिहीबार प्रहरी चौकी बारागढीबाट खटिृएको प्रहरी टोलीले करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपराबाट ती दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौं जिल्ला अदालतले लागुऔषध मुद्दामा पुर्पक्षको लागी केन्द्रीय कारागारमा चलान गरेको थियो ।

 

पक्राउ परेका दुवै जनालाई वीरगन्ज कारागारमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

Related posts

बाराको पथलैयाबाट २१ लाख बढी मुल्यको तामाका भाँडावर्तन सहितको गाडी प्रहरी नियन्त्रणमा

MadhesKhabar

ससुरालीमा पेस्तोल देखाएर त्रसीत बनाउँदै हिडेका साहेब खाँ वीरगन्जको इनर्वाबाट पक्राउ

MadhesKhabar

वार्ताका लागि खेलकुदमन्त्री बब्लु गुप्ता र जेनजी अगुवा सुदन गुरुङ सिमरा आउँदै

MadhesKhabar

Leave a Comment