वीरगन्ज,२६मंसिरः कर्तब्य ज्यान मुद्दामा १९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ का ५४ वर्षीय विनोद प्रसाद कुर्मी रहेका छन् ।
१९ वर्षदेखि फरार रहेका कुर्मीलाई प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बाट गत बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार, २०६३ साल असोज ५ गते पर्सा जिल्लाको तत्कालिन लिपनीवीर्ता गाविस वडा नम्बर ८ पटेलनगरका २३ वर्षीय सुरेश भन्ने रामप्रसाद पटेललाई सिर्सिया नदीको डिलमा लगेर कुटपिट गरेर हत्या गरेका थिए । पटेलको हत्यापछि कुर्मी फरार रहदैं आएका थिए ।
बुधबार पक्राउ गरिएका कुर्मीलाई कर्तब्य ज्यान कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

