Madhes Khabar
समाचार

बलात्कार आराेपमा फरार मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ

फाइल तस्बिर ।

काठमाडौं,४साउन:मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई काठमाडौंकाे भद्रकाली आसपासबाट आइतबार बिहान नियन्त्रणमा लिइएको काठमाडौंका जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै जाहेरी दर्ता भएको थियो ।

जाहेरी दर्तालगत्तै भागेर भारत गएका उनी केही हप्तादेखि काठमाडौंमै लुकेर बसेको सूचनाका आधारमा उनको खोजी गरिएको थियो ।

आइतबार नै उनको म्याद थपिएको छ । अदालतले उनलाई अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

जिल्ला अदालतले चैत २५ मा डा. अहिराजलाई पक्राउ अनुमति (पुर्जी) दिएको थियोे । जाहेरवाली, परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२) हुन् । जाहेरी दर्ता भएको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आफूले विभिन्न माध्यमबाट धाक धम्की व्यहेरेको पीडितले बताउँदै आएकी थिइन् ।

पीडितलाई अहिराजले १७ वर्षको उमेरदेखि यौन शोषण गरेको जाहेरीमा उल्लेख छ । उनी मधेसीमूलकी युवती हुन् । काठमाडौंमा घरायसी कामको सहयोगीका रुपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले १७ वर्षको उमेरदेखि विभिन्न प्रलोभनमा पारेर यौन सम्पर्क गरेको पीडितको दाबी छ ।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए ।साभार:नेपालप्रेस

Related posts

वीरगन्जमा किराना पसलमा गाँजा बेच्ने पसले पक्राउ

MadhesKhabar

पाेखराकाे विमान दुर्घटनामा मृत्युु भएका युपीका ४ जनालाई याेगी सरकारले भारु ५/५ लाख दिने

MadhesKhabar

मानव बेचबिखन मुद्धामा पर्साका एसपी मिश्रको सकृयता : होटल, लज र नाकाबाट १३७ को उद्धार

MadhesKhabar

Leave a Comment