वीरगन्ज,२२मंसिर:आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर ४ काे उम्मेदवारका लागि नेपाली कांग्रेसले पूर्वमन्त्री तथा निवर्तमान सांसद रमेश रिजालको एकल नाम सिफारिस गरेकाे छ।
साेमबार बसेकाे कांग्रेसकाे क्षेत्रीय कार्यसमितिको बैठकले रिजालकाे नाम सिफारिस गरेकाे कांग्रेस क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादवले जानकारी दिए।पर्सा प्रतिनिधि सभा क्षेत्र नं. ४ को क्षेत्रीय समितिको बैठक सोमबार सम्पन्न भएको छ ।
यादवकै अध्यक्षतामा बसेको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नंबर ४ बाट निवर्तमान सांसद एवं कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका रिजाल नै सबैभन्दा उपयुक्त उम्मेदवार हुने निष्कर्षसहित सर्वसम्मत रूपमा सिफारिस गरेको हाे ।
जगरनाथपुर गाउँपालिका–५ धरमपुरमा सम्पन्न बैठकमा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सहसचिव नविन सिंह, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतकाकाे सहभागीता थियाे।
,

