Madhes Khabar
राजनीति

नेकपा(एकिकृत समाजवादी) पर्साको अध्यक्षमा थापा पुन सर्वसम्मत चयन

वीरगन्ज,१२माघःनेकपा(एकिकृत समाजवादी) पर्साको अध्यक्षमा पुन बालगोपाल थापा निर्वाचित भएका छन् । नेकपा(एकिकृत समाजवादी) पर्साको नवौं अधिवेशनबाट अध्यक्षमा थापा पुन सर्वसम्मत निर्वाचित भएका हुन् ।

गत पुस २८ गते वीरगन्जमै भएको जिल्ला अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष मण्डललाई त्यसको जिम्मेवारी दिएकोमा शनिबार थापाको अध्यक्षतामा ७९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

जिल्ला उपाध्यक्षमा बिक्रम चौरसिया र शंकर कुमार कर्ण,सचिवमा गंगा बहादुर खड्का,उप सचिवमा मन्जुर आलम,टेकनारायण महतो र योग माया तमांगपनि सर्वसम्मत निर्वाचित भएको समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मनोज पटेलले जानकारी दिए ।

Related posts

कांग्रेस संस्थापन पक्षले स्थगन गर्‍यो विशेष महाधिवेशनलाई ’काउन्टर’ दिने दुवै भेला

MadhesKhabar

अखिल क्रान्तिकारीको विदेश विभाग उप-प्रमुखमा शीवम साह

MadhesKhabar

सीके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम

MadhesKhabar

Leave a Comment