Madhes Khabar
राजनीति

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको समर्थनमा एकजुट हुदैं महुवन र बलुवाका युवाहरु

वीरगन्ज,२८माघःपर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ३ महुवनमा बुधबार एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयको समर्थनमा युवाहरुको भेला सम्पन्न भएको छ ।

पर्सा–३ मा एमालेका उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवाहरु सहभागी उक्त भेलामा आगामी रणनीतिका बारेमा छलफल गरिएको थियो ।

भेलामा सहभागी युवाहरुले क्षेत्र नम्बर ३ को समग्र विकास, युवाहरुको लागि रोजगारीका अवसर सृजना तथा युवाहरुको उज्वल भविष्य सुनिश्चित गर्नका लागि एमालेका उम्मेदवार पाण्डेय नै उपयुक्त नेतृत्व रहेको निष्कर्ष निकाल्दै एकजुट भएर लाग्ने निर्णय गरेको भेलामा सहभागी महुवनका युवा निखिलराज गिरिले जानकारी दिए ।

भेलामा बलुवाबाट रामबाबु यादव, सन्देश यादव, महुवनबाट निखिल गिरी, अर्जुन पटेल, नन्दु पटेल, राजा जयसवाल लगायतका युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

Related posts

पर्सा २ (ख) मा लोसपा उम्मेदवार कुर्मीको घरदैलो अभियान निरन्तर

MadhesKhabar

कांग्रेस सुधार अभियानले युवालाई आकर्षित गर्न ७७ जिल्लामै तोक्यो संयोजक

MadhesKhabar

मधेसकी २५ वर्षीया चेली रुबी ठाकुर बनिन् उपसभामुख

MadhesKhabar

Leave a Comment