Madhes Khabar
राजनीति

पर्सा २ (ख) मा लोसपा उम्मेदवार कुर्मीको घरदैलो अभियान निरन्तर

मधेसखबर
वीरगन्ज,०३ कार्तिक : पर्साको क्षेत्र नम्बर २ को (ख) मा सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले दिनहु घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

त्यहि क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका उनी सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार हुन् । दिनहु मतदातासंग भेटन घरदैलो कार्यक्रम गर्दै आएका कुर्मीले बिहीवार वीरगन्ज महानगरपालिका वडा नम्बर १० का मतदातासँग भेटघाट गरेका छन् ।मतदातासंगको भेटघाटका क्रममा कुर्मीले आफु निर्वाचित भएको समयमा गरेको विकास निर्माणको कामको मूल्यांकन गरेर फेरी एकपटक अवसर दिन आग्रह गर्दै आएका छन् ।

 

अँझै गर्नुपर्ने धेरै काम बाँकी भएको हुँदा फेरी जनताले एकपटक अवसर दिएमा आफ्नो क्षेत्रलाई विकास निर्माणको सवालमा नमूना क्षेत्र बनाउने प्रतिबद्धता उनले मतदाता सामु गर्दै गर्दै आएका छन् ।

बिहीबारको घरदैलो कार्यक्रममा कुर्मीसंगै पर्सा २ मा गठबन्धनबाटै प्रतिनिधीसभा सदस्यमा काँग्रेसका उम्मेदवार अजय चौरसिया पनि सहभागी थिए ।

Related posts

जसपा नेपालका विन्दवासिनी गाँउपालिका अध्यक्ष लगायतका नेताले पनि छाडे पार्टी, जसपामा प्रवेश

MadhesKhabar

पर्सामा एमालेबाट नवनिर्वाचित जनप्रतिनिधीहरु सम्मानीत

MadhesKhabar

धनुषा– १ का रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको आदेश, अब के हुन्छ मातृका यादवको ?..

MadhesKhabar

Leave a Comment