Madhes Khabar
राजनीति

एमाले वीरगन्ज महानगरको अध्यक्षमा शर्मा विजयी

वीरगन्ज,९बैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वीरगन्ज महानगर कमिटिको अध्यक्षमा सुन्दर नवराज शर्मा विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा प्रतिस्पर्धि उम्मेदवार सुन्दर राउत कुर्मीलाई ५५ मतान्तरले पराजित गर्दै अध्यक्षमा शर्मा विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित शर्माले १५१मत पाए भने उनका प्रतिस्पर्धि कुमीैले ९६ मत मात्रै पाए ।

यस्तै उपाध्यक्षमा रामकिशोर सिंह पराग निर्वाचित भएका छन् ।पराग १४० मतका साथ उपाध्यक्षमा विजयी हुदाँँ उनका प्रतिस्पर्धि जसे आलम अन्सारीले १०१ मत मात्रै पाए ।यसैगरि सचिवमा लियाकत अली विजयी भएका छन् ।अलि १४६ मतका साथ सचिवमा विजयी हुदाँ उनका प्रतिस्पर्धि अनिस अन्सारीले १०९ मत मात्रै ल्याए।

यस्तै उपसचिव(खुल्ला) मा जयनारायण सिंह कुर्मी विजयी भएका छन् । कुर्मी १३८ मतका साथ विजयी भएका हुन् भने उनका प्रतिस्पर्धि अमोद प्रसाद यादवले १०४ मत पाए । उपसचिव(महिला) मा विमला श्रीवास्तव निर्वाचित भएकी छन् ।श्रीवास्तव १३३ मतका साथ विजयी हुदाँ उनकी प्रतिस्पर्धि अर्चना अधिकारीले १०१ मत पाइन् ।

यसैगरि लेखा समिति अध्यक्षमा अजयकुमार साह र सचिवमा राघव पटेल साह विजयी भएका छन् । यस्तै खुल्ला सदस्यमा सतेन्द्र कुमार सिंह, युवा सदस्यमा देवकुमार सर्राफ र महिला सदस्यमा सितामैया श्रेष्ठ विजयी भएकाे प्रमुख निर्वाचन अधिकृत सन्ताेष सिंहले जानकारी दिए।

एमाले वीरगन्ज महानगर कमिटीको नेतृत्व चयनका लागि गत चैत ३० गते नै उम्मेदवारी दर्ता भएको भएपनि विविध कारणले मतदान हुन सकेको थिएन । मंगलबार भएको मतदानमा कूल मतदाता २५६ रहेपनि २४८ मत मात्रै खसेको एमाले पर्साका सचिव महेश दासले जानकारी दिए ।

Related posts

स्वतन्त्र सांसद महावीर पुनको सम्पत्ति: २९ लाख नगद, ३ तोला सुन

MadhesKhabar

अखिल नेपाल किसान महासंघ पर्साको अध्यक्षमा सिंह चयन

MadhesKhabar

कांग्रेस र एमालेबीच भयाे सरकार बनाउने सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री

MadhesKhabar

Leave a Comment