Madhes Khabar
राजनीति

पर्सामा कांग्रेसलाई लाग्यो महाधिवेशन र चुनाव

वीरगन्ज,२१ मंसिरः पर्सा क्षेत्र नम्बर १ मा आइतबार नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीको आसन्न १५ औं महाधिवेशन र आगामी प्रतिनिधि सभाको निर्वाचनका बारेमा छलफल भएको छ।

बैठकमा आगामी निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस तथा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण सम्बन्धी कार्यसूचीमा समेत छलफल गरिएको हो ।

बैठकमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य अनिल रुङ्टाले पार्टी केवल संगठन मात्र नभई लोकतान्त्रिक मूल्य र जनताको विश्वासको आधारस्तम्भ भएकाले कार्यकर्ताहरूको एकता, पारदर्शी प्रक्रियाको संरक्षण र नेतृत्व चयनमा योगदानलाई सबैभन्दा प्राथमिकताका रूपमा अघि बढाउन आवश्यक भएको बताए।

रुङटाले वर्तमान राजनीतिक परिस्थितिले नेपाली कांग्रेसलाई अझ जिम्मेवार र जनमुखी रूपले प्रस्तुत हुनुपर्ने आवश्यकता औँल्याएको बताए । उनले भने,“महाधिवेशन केवल नेतृत्व छान्ने औपचारिक प्रक्रिया मात्र होइन, आगामी चार वर्षको नीति, दिशा र संगठनको भविष्य तय गर्ने ऐतिहासिक मोड हो। त्यसैले हामी सबैले व्यक्तिगत आकांक्षा भन्दा माथि उठेर पार्टीलाई बलियो बनाउने साझा दृष्टिकोण विकसित गर्नुपर्छ। कार्यकर्ताहरूको त्याग, समर्पण र विश्वासको कदर गर्दै कांग्रेसलाई निरन्तर जनतामैत्री र मजबूत विकल्पको रूपमा स्थापित गर्नु हाम्रो जिम्मेवारी हो।“

कांग्रेस पर्साका कार्यवाहक सभापतिरामनारायण कुर्मीले पार्टीभित्रको एकता, अनुशासन र सक्रियताको स्तरले पार्टी संगठन थप सुदृढ हुँदै गएको बताए।कांग्रेसलाई सशक्त र जनताको वास्तविक भावनासँग जोडिएको पार्टी बनाउन प्रत्येक क्रियाशील सदस्यको योगदान अपरिहार्य भएको उनले बताए।

कुर्मीले आगामी महाधिवेशनलाई केवल संगठनात्मक प्रक्रियाको रूपमा नभई सुधार, पुनर्संरचना र नेतृत्व गुणस्तर वृद्धि गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । उनले भने “हामीले अनुशासित, पारदर्शी र परिणाममुखी राजनीतिक अभ्यासलाई संस्थागत गर्न सके कांग्रेस स्वतः जनताबीच विश्वासिलो विकल्पको रूपमा स्थापित हुन्छ। अब हामीले गुनस्तरीय नेतृत्व चयन, नीति–दिशा स्पष्टता र कार्यसम्पादनमा सुधारलाई प्राथमिकतामा राख्नुपर्छ।“

बैठकमा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम,नेविसंघका संस्थापक नेता राजकृष्ण अमात्य, पूर्व जिल्ला उपसभापति राजु गुप्ता, पूर्व नगर सभापति विजय सर्राफ, युवा नेता कन्हैया ठाकुर, रामनिवास यादव, बाबुनन्द पटेल, प्रेस युनियन मधेस प्रदेशका लेखा सदस्य राहुल गुप्ता लगायतकाको सहभागिता थियो ।

 

 

 

Related posts

काँग्रेसले टिकट नदिए एमालेबाट पनि चुनाव लड्न सक्छु : नेता द्विवेदी

MadhesKhabar

जनयुद्धकालदेखि नै माओवादीमा आबद्द पर्साका नेताहरुले छाडे प्रचण्डको साथ

MadhesKhabar

चितवन २ मा रवि लामिछाने सानदार मतका साथ विजयी

MadhesKhabar

Leave a Comment