Madhes Khabar
शिक्षा

ठाेरीकाे शिकारीबासमा नवनिर्मित विद्यालय भवनकाे अध्यक्ष श्रेष्ठले गरे उद्घाटन

पर्सा,१४मंसिर:पर्साकाे ठोरी गाउँपालिका वडा नम्बर ३ शिकारीबासमा रहेकाे नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नवनिर्मित भवनकाे बीच उद्घाटन गरिएको छ। ठाेरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले नवनिर्मित दुई तल्ले विद्यालय भवनकाे उद्घाटन गरेका हुन्।

यसअघि रहेकाे जस्ताले छाएको दुई काेठे विद्यालय भवन जंगली हात्तीले भत्काएका कारण जीर्ण भएपछि त्यसैकाे छेउमा दुई तल्ले नयाँ भवन निर्माण गरिएको हाे।

पर्सा राष्ट्रिय निकुञ्जकाे जंगलबीचमा रहेकाे झन्डै १५० पुरानाे मानवबस्ती ऐतिहासिक शिकारीबासमा रहेकाे उक्त विद्यालयमा यसअघि दुई वटा काेठामै पाँच कक्षासम्मकाे पठनपाठन गराउनुपर्ने बाध्यता थियाे। हिउँदमा बालबालिकालाई चौरमै पढाउनुपर्ने बाध्यतापनि रहेको विद्यालयका प्रधानाध्यापक नारायण श्रेष्ठले बताउने गरेका थिए।

नवनिर्मित भवनका कारण अब विद्यार्थीलाई सहज र व्यवस्थित शैक्षिक वातावरण उपलब्ध गराउन सकिने उनले बताए ।

यसैबीच आइतबार नवनिर्मित विद्यालय भवनकाे उद्घाटन गर्न पुगेका गँउपालिका अध्यक्ष श्रेष्ठले शिकारीबासमा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत पाँच विपन्न परिवारका लागि निर्माणाधिन पक्की घरहरुकाे पनि निरीक्षण गरे।तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्षालकाे विशेष अग्रसरतामा विपन्न परिवारका लागि थालिएको घरहरुकाे निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले पहिलो चरणमा पाँच विपन्न परिवारलाई आवास उपलब्ध गराई क्रमिक रूपमा बाँकी विपन्न परिवारलाई पनि सुविधा प्रदान गरिने जानकारी दिए।साभार:कालिकाटाइम्स

Related posts

पकाहाका विधार्थीको समस्या एक हप्ता भित्र समाधान नभए आन्दोलन गर्ने एमालेको चेतावनी

MadhesKhabar

भदौं दोस्रो हप्तादेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

MadhesKhabar

वीरगन्जको शैक्षिक अवस्थालाई बिगार्न खोज्ने गिरोहलाई नछाड्ने मेयर सिंहको चेतावनी

MadhesKhabar

Leave a Comment