Madhes Khabar
खेलकुद

जनकपुरकाे लगातार चाैंथाे हार,सुदुरपश्चिम प्लेअफमा

काठमाडौं,१३मंसिर:सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटकाे प्लेअफमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै सुदुरपश्चिम  दाेस्राे सिजनमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७ ओभर ४ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले ५६ रनको अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

उनले तेस्रो विकेटको लागि विनोद भण्डारीसँग ९२ रनको साझेदारी गरे।

सुरुवाती २ विकेट सस्तैमा गुमाएको सुदूरपश्चिम रोयल्सका लागि विनोद भण्डारी र इशान पाण्डेको साझेदारीले जितको नजिक पूर्यायो।

विनोद भण्डारीले ४२ रन बनाए। हर्मित सिंह २५ र कप्तान दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे।

जनकपुरका लागि माज सदाकले २ र सञ्जय कृष्णमुर्थीले १ विकेट लिए।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियाे।

जनकपुरका लागि सञ्जय कृष्णमुर्थीले सर्वाधिक ५० रन बनाए। उनले ३८ब लमा ४ चौका र २ छक्का प्रहार गरे। उनले पाँचौँ विकेटको लागि ५५ रनको साझेदारी गर्दै टिमको स्कोर बोर्ड उकासेका थिए।

ओपनर माज सदाकले १२ रन बनाए। अर्का ओपनर आसिफ शेख डकआउट भए। मयन यादव ६ रनमा पेभेलियन फर्किए। निकोल लोफ्टी इटोनले ३९ रन बनाए। आदित्य महताले १५ रन बनाउँदा शुभ कंसाकर डक आउट भए।

वायन पर्नेल १४ रन बनाउँदै अन्तिम बलमा क्याच भए। रुपेश सिंह १ रनमा अविजित रहे।

सुदूरपश्चिम रोयल्सका लागि अभिनास बोहोराले सर्वाधिक ४ विकेट लिए। स्क्ट केगुइलिनले ३ विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

लगातारको पाँच जित पछि सुदूरपश्चिम रोयल्सको प्लेअफ पक्का भएको छ।

सुदूरपश्चिमले ४ खेलमा ४ जितसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ४५ रन र चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको थियो।

जारी प्रतियोगितामा जनकपुरले कुनैपनि खेल जितेको छैन। पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससाग २५ रनले हार बेहोरेको थियो।

आइतबार काठमान्डु गुर्खाज र कर्णाली याक्सबीच खेल हुनेछ।

Related posts

अष्ट्रेलियाविरुद्ध भारतकाे लगातार दाेस्राे जित

MadhesKhabar

आईपीएल अक्शन : श्रेयस अय्यरलाई २६ करोड ७५ लाख भारुमा पञ्जाबले किन्यो

MadhesKhabar

दोश्रो टेष्टमा पनि अस्ट्रेलिया माथि भारतको सानदार जित

MadhesKhabar

Leave a Comment