Madhes Khabar
खेलकुद

अष्ट्रेलियाविरुद्ध भारतकाे लगातार दाेस्राे जित

वीरगन्ज,७असाेज: अष्ट्रेलियाविरुद्धको दाेस्राे एकदिवसीय (वानडे) क्रिकेटमापनि घरेलु टाेली भारतले सानदार जित हात पार्दै ३ खेलकाे श्रृङखला जितेकाे छ।

आइतबार राति भएकाे खेलमा अष्ट्रेलियालाई ९९ रनकाे फराकिलो अन्तरले हराँउदै भारतले एक खेल बाँकी छदैं एकदिवसीय श्रृङखला २-० ले जितेकाे हाे ।

वर्षाले केहिबेर प्रभावित खेलमा डकवर्थ लेभिसकाे नियम अनुसार जितको लागि ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८.२ ओभरमा २ सय १७ रनमा अल आउट भयो । जितको लागि ४ सय रनको विशाल लक्ष्य पछ्याउनेक्रममा वर्षाको कारण अष्ट्रेलियाले ३३ ओभरमा उक्त लक्ष्य पाएको थियो ।

अष्ट्रेलियाका शन एबोटले ३६ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५४ रन बनाए । त्यस्तै जोश हेजलवुडले १६ बलमा २ चौका र २ छक्कासहित २३ रन बनाए ।

ओपनर डेविड वार्नर ३९ बलमा ७ चौका र १ छक्कासहित ५३, म्याथ्यु सर्ट ९, स्टिभ स्मिथ गोल्डेन डक, मार्नस लाबुसेन २७, जोश इंग्लिस ६, एलेक्स केरी १४ र क्यामरन ग्रीन १९ रनमा आउट भए ।

बलिङतर्फ भारतका रविन्द्र जडेजाले ५.२ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले ७ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । प्रसिद्ध कृष्णाले दुई र मोहम्मद शामीले एक विकेट लिए ।

त्यसअघि इन्दाेरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो । भारतका लागि श्रेयस ऐरले ९० बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले ।शुभमन गिल ९७ बलमा ६ चौका र ४ छक्कासहित १ सय ४ रनमा आउट भए ।

कप्तान लोकेश राहुलले ३८ बलमा ३ चौका र ३ छक्कासहित ५२ रन बनाए भने ईशान किशन पनि १८ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा आउट हुन पुगेका थिए ।

सूर्यकुमार यादवले ३७ बलमा ६ चौका र ६ छक्कासहित ७२ रनको विष्फोटक इनिङ खेलेपछि भारतले विशाल योगफल बनाएको थियो । अष्ट्रेलियाका क्यामरन ग्रीनले १० ओभरमा १ सय ३ रन खर्चेर २ विकेट लिएका थिए ।

भारत पहिलो खेलमा ५ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुनेछ

Related posts

आसिफको उत्कृष्ट व्याटिङमा नेपालको सानदार जित

MadhesKhabar

यूएईलाई पराजित गर्दै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि

MadhesKhabar

एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय टिभी च्यानल `स्टार स्पोर्ट्स´बाट हुने

MadhesKhabar

Leave a Comment