Madhes Khabar
राजनीति

मधेसमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले पार्टीबाट गर्‍यो निलम्बन

काठमाडौं,११मंसिर:राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीबाट मधेस प्रदेश सभा सदस्य बनेकी कञ्चन विच्छालाई पार्टी साधारण सदस्यबाट निलम्बन गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार विच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

पार्टीको निर्देशन अवज्ञा गर्ने कार्यमा संलग्न विच्छालाई मधेस प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले ८ मंसिरमा विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

यसैगरी मुख्यमन्त्री यादवले नेकपा एमालेबाट लखन दासलाई ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय र नेपाल संघीय समाजवादी पार्टीकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

मुख्यमन्त्री यादवले तीनै जनालाई २४ कात्तिकमा विना विभागीय मन्त्री बनाएका थिए ।साभार:अनलाइनखबर

Related posts

पोखरीयामा काँग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक , विकास र समृिद्ध प्राथमिकतामा

MadhesKhabar

अजय चौरसियाको समर्थनमा वीरगन्जका उद्योगी व्यवसायीहरु पनि

MadhesKhabar

बारामा यात्रुबाहक बसबाट चरेस र नगद रकमसहित वीरगन्जका बच्चु पक्राउ

MadhesKhabar

Leave a Comment