Madhes Khabar
राजनीति

पर्सा ४ मा रमेश रिजाललाई मतदाताले टिका लगाउदै दिए जितको आशीर्वाद

मधेसखबर
वीरगन्ज , २३ कार्तिक : पर्सा क्षेत्र नम्वर ४ का सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेद्वार रमेश रिजाललाई ुबधबार धोबिनी गाउँपालिकाको विभिन्न स्थानमा मतदाताले भव्य स्वागत गरेका छन् ।

घरदैलोमा पुगेका कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता रिजाललाई भिखमपुर पिपराका मतदाताले फुलमाला र अबिर लगाएर भव्य स्वागत गरेका हुन् ।

मतदाताले आफूहरुले चुनाव अघि नै विजय तिलक लगाएर उनको जितको निश्चित गरिदिएको बताए । रिजाल जस्तो स्वच्छ छवीको व्यक्तिलाई जिताउनु पर्ने भन्दै आफूहरु सबै एक ढिक्का भएर उनको पक्षमा लागि परेको पनि मतदाता बताउँछन् ।

मतदातासँगको भेटका क्रममा नेता रिजालले आफूले यस क्षेत्रको लागि निरन्तर काम गर्दै आएको र अहिले मौका दिएर पठाए यहाँको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।

अहिलेको लडाई संविधान र संघीयता विरोधीसँग रहेकाले त्यसलाई तह लगाउन पनि आफ्नो जित आवश्यक रहेकाले सबैलाई विचार पुर्याएर मतदान गर्न उनको आग्रह थियो ।

घरदैलो कार्यक्रममा कांग्रेस जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायत नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

Related posts

ट्रेड युनियन कांग्रेस पर्साकाे अध्यक्षमा पुन छाेटेलाल प्रसाद चयन

MadhesKhabar

पर्सा २ (ख) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार रुपेशमान अगाडि

MadhesKhabar

काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : सुकुम्बासीलाइ जग्गा काँग्रेसकै सरकारले दिलाउछ

MadhesKhabar

Leave a Comment