Madhes Khabar
समाचार

बारामा नाबालिकासंग विवाह गर्न आएका चिनियाँ नागरिकसहित ३ जना पक्राउ

जिप्रका बारा।

बारा,११ मंसिर: बारामा प्रहरीले चिनियाँ बेहुलासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

बाराको करैयामाई गाउँपालिका–१ हरैयामा बुधबार मध्यराति एक चिनियाँ नागरिकले नेपाली नाबालिकासँग विवाह गर्ने तयारी गरिरहेको अवस्थामा प्रहरीले बेहुला,बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार चिनियाँ नागरिकसँग पासपोर्ट र भिसा रहेको पाइएको छ। हरैया गाउँ र आसपासका क्षेत्रमा पछिल्ला केही वर्षयता चिनियाँ नागरिकसँग मुस्लिम समुदायका महिलाहरूको विवाह हुने घटना दोहोरिरहेको सुराकी प्रहरीलाई पाएकाे छ।स्थानीयका अनुसार गत एक वर्षमै त्यही बस्तीमा चिनियाँ नागरिकसँग तीनवटा विवाह भइसकेका छन्।

वडाध्यक्ष सोनालाल साहका अनुसार चिनियाँ नागरिक विवाह गर्ने उद्देश्यले बालिकाको घरमै आएका थिए। कानुन अनुसार पुरुषको २२ वर्ष र महिलाको २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ। तर पक्राउ परेकी युवतीको उमेर १८ वर्ष मात्र रहेको उनले बताए।साभार:बारा अपडेट

Related posts

वीरगन्जको कुम्हाल टोलको एक घरमा सशस्त्र प्रहरीको छापा, ८ लाखको कपडा बरामद

MadhesKhabar

दुर्गा प्रसाईं भन्छन्: म भागेको छैन, म काठमाडौंमै छु (भिडियोसहित)

MadhesKhabar

प्रहरी थुनामा रहेकालाई छुटाइदिने भन्दै रकम ठग्ने वीरगन्जका श्रेष्ठ पक्राउ

MadhesKhabar

Leave a Comment