Madhes Khabar
समाचार

हेल्मेटमा लुकाएको ३ लाख नगदसहित एक भारतीय युवक वीरगन्ज भन्सार क्षेत्रबाट पक्राउ

वीरगन्ज,३मंसिरःवीरगन्जमा सशस्त्र प्रहरीले हेल्मेटमा नगद रकम ३ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका एक भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको नुनियाडी गाँउका २५ वर्षीय आनन्द कुमार रहेका छन् ।
भारतको रक्सौलबाट बीआर ०५ एभी ५९८३ नम्बरको मोटरसाइकलमा सवार भई वीरगन्ज आउँदै गरेका आनन्द कुमारलाई वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको ३ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

उनि सवार मोटरसाइकल सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनले लगाएको हेल्मेट भित्रबाट नेपाली ३ लाख रुपैयाँ बरामद भएको र उक्त रकमको श्रोत खुलाउन नसकेका कारण रकमसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । रकम र मोटरसाइकलसहित आनन्द कुमारलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related posts

जनताको आवश्यकता पूरा गर्ने सरकारको संकल्प साकार हुदैछ : मन्त्री यादव

MadhesKhabar

आज सुनको दरभाउमा गिरावट तर चाँदीको भाउमा वृद्धि

MadhesKhabar

एन प्याब्सनले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम

MadhesKhabar

Leave a Comment