Madhes Khabar
समाचार हेडलाइन

आज सुनको दरभाउमा गिरावट तर चाँदीको भाउमा वृद्धि


वीरगंज ५ , फागुन:नेपाली बजारमा मंगलबार पनि सुनको भाउमा गिरावट आएको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँ घटेको सुन आज मंगलबार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार सुन तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउमा भने बढोत्तरी देखिएको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर ४ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सोमबार भने चाँदी तोलामा ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Related posts

विपदका बेला वीरगन्जमा अराजक गतिविधी : खानेपानी संस्थानलाई बदनाम गराउन पानीको कृत्रिम अभाव

MadhesKhabar

वीरगन्ज गोल्डकप फुटबल : सडन डेथमा पुलिससंग आयोजक वीरगन्ज स्तब्ध

MadhesKhabar

वीरगन्जसंग गद्धारी गर्नेहरुसंग सचेत रहन काँग्रेस उम्मेदवार कुर्मीको आग्रह

MadhesKhabar

Leave a Comment