Madhes Khabar
समाचार

गाँजा लिएर भारत जाँदै गरेका ३ भारतीय युवक पर्सामा पक्राउ

वीरगन्ज,२७कात्तिक:पर्सामा लागु औषध गाँजासहित ३ जना भारतीय नागरिकलाई प्रहरीले  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको वैशाली जिल्ला बिदुपुर ग्राम बस्ने २३ वर्षिय राजा कुमार, राजा माईकल पञ्चायत बस्ने २३ वर्षिय बिशाल कुमार र छापरा जिल्लाकाे सोनपुर बस्ने २४ वर्षिय पिन्टु कुमार रहेका छन्।

बुधबार गाँजा लिएर पैदल भारत जाँदै गरेका उनिहरुलाई पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वास्थित पेट्रोल पम्प नजिकैबाट प्रहरीले पक्राउ गरेकाे पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले राजाको साथबाट ३ किलो १९० ग्राम, बिशालको साथबाट ३ किलो २५० ग्राम र पिन्टुको साथबाट ३ किलो ३०० ग्राम गरी कूल ९ किलो ७४० ग्राम गाँजा बरामद गरेको बस्नेतले बताए ।

 

 

गाँजासहित पक्राउ परेका उनीहरुलाई बिहीबार पर्सा जिल्ला अदालतबाट ८ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए।

Related posts

धरानका मेयर हर्क साम्पाङलाई मन्त्री यादवले भने :धरानमा खानेपानीकाे समस्या चाडै समाधान गर्छाै

MadhesKhabar

दुर्गा प्रसाईँले आँफै भारतीय प्रहरीसामु आत्मसमर्पण गरेको सचिवालयको भनाइ

MadhesKhabar

सर्लाहीमा एक युवकको हत्या

MadhesKhabar

Leave a Comment