Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउले फेरि नाघ्यो साढे २ लाख

फाइल तस्बिर ।

काठमाडौं,२७कात्तिकःसुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार)का लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा कारोबार भइरहँदा प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड छ ।

त्यस्तै नेपाली बजारमा असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलाको १७० रुपैयाँ बढेको हो । आज प्रतितोला ३३४५ रुपैयाँ चाँदीको मूल्य तय भएको महासंघले जनाएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउमा ३३५० रुपैयाँको रेकर्ड बनेको छ ।साभारःअनलाइनखबर

 

Related posts

वीरगन्ज उद्योग वाणिज्य संघ र एनवाइईएफबिच परिचयात्मक कार्यक्रम सम्पन्न

MadhesKhabar

पोखरियामा कृषि विकास बैंकको एटिएम सेवा शुरु

MadhesKhabar

वीरगन्ज आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीलाई उद्योगीहरुले भेटे

MadhesKhabar

Leave a Comment