Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउले फेरि नाघ्यो साढे २ लाख

फाइल तस्बिर ।

काठमाडौं,२७कात्तिकःसुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार)का लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा कारोबार भइरहँदा प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड छ ।

त्यस्तै नेपाली बजारमा असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलाको १७० रुपैयाँ बढेको हो । आज प्रतितोला ३३४५ रुपैयाँ चाँदीको मूल्य तय भएको महासंघले जनाएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउमा ३३५० रुपैयाँको रेकर्ड बनेको छ ।साभारःअनलाइनखबर

 

Related posts

उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा डा. सुबाेध गुप्ता निर्वाचित

MadhesKhabar

वीरगन्ज नाकाबाट डिजेलको आयात घट्यो, पेट्रोलको आयात भने बढ्यो

MadhesKhabar

विधुत बक्यौताको बाँकी किस्ता नतिर्ने उद्योगीहरुलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

MadhesKhabar

Leave a Comment