Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाकाबाट डिजेलको आयात घट्यो, पेट्रोलको आयात भने बढ्यो

वीरगन्ज,११पुसःवीरगन्ज नाकाबाट डिजेलको आयात घटेको छ भने पेट्रोलको आयात बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

त्यही अवधिमा राजस्व सङ्कलनमा पनि ६ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ ।चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजार रुपैयाँको तीन लाख ६६ हजार सात सय १९ किलोलिटर डिजेल आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनाको अवधिमा भने ४० अर्ब ३६ करोड ५० लाख १५ हजार रुपैयाँको तीन लाख ७० हजार नौ सय २० किलोलिटर डिजेल आयात भएको थियो । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा डिजेलको आयात घटे पनि पेट्रोलको आयातमा भने वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १६ अर्ब २१ करोड दुई लाख २७ हजार रुपैयाँको एक लाख ८८ हजार तीन सय ४५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आर्थिक वर्षको त्यही अवधिमा भने १६ अर्ब ३९ करोड ८० लाख ६० हजार रुपैयाँ पर्ने एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो । गत आवको पाँच महिनाको तुलनामा चालु आवको त्यही अवधिमा पेट्रोलको आयात १६ दशमलव २३ प्रतिशत र राजस्वको आधारमा भने १२ दशमलव ५२ प्रतिशतले बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्यांकरबाट नै आयात हुँदै आएको छ । नेपाल आयल निगमले पुस महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ ।रासस

Related posts

नेता प्रति मधेसी जनताको आक्रोश : चुनावमा सपना बाडछन् , तर जितेपछि ५ बर्ष हराउछन्

MadhesKhabar

गौर हत्याकाण्ड छानबिन गर्ने सहमति जसपालाई फसाउने षडयन्त्र हो : सांसद यादव

MadhesKhabar

वीरगन्जको नारायणी अस्पतालमापनि क्यान्सर रोगको उपचार सेवा सुरु

MadhesKhabar

Leave a Comment