Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा डा. सुबाेध गुप्ता निर्वाचित

वीरगन्ज,३०चैत:नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा डाक्टर सुबाेध गुप्ता निर्वाचित भएका छन् ।

महासंघको नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा भएकाे निर्वाचनबाट महासंघको वस्तुगत कार्यकारिणी सदस्यमा वीरगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका गुप्ता सम्मानजनक मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचनबाट गुप्तासहित १४ जना वस्तुगत कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् । उक्त पदका लागि कुल २८ जना चुनावी प्रतिस्पर्धामा थिए । जसमा गुप्ता ७५ मतका साथ छैठौं स्थानमा रहदै निर्वाचित भएका हुन् ।

महासंघको वस्तुगत कार्यकारिणी सदस्यमा गुप्तासंगै नरेशलाल श्रेष्ठ , हरिबहादुर कार्की ,शिव प्रसाद घिमिरे ,लिलेन्द्र प्रसाद प्रधान, अरनिको राजभण्डारी,रविन पुरी,शोभा जावाली,भक्त बहादुर हमाल,नानीराज घिमिरे,मनोज अधिकारी,कमला श्रेष्ठ,पशुपतिदेव पाण्डे र राजकुमार कार्की पनि निर्वाचित भएका छन् ।

वस्तुगततर्फको सदस्यमा वरिष्ठ उपाध्यक्ष पदका दावेदार अञ्जन श्रेष्ठको समूहबाट ६ जना र उमेशलाल श्रेष्ठ प्यानलका ८ जना विजयी भएका हुन् । यसमा वरिष्ठ उपाध्यक्ष पदका दावेदार रामचन्द्र संघई प्यानल निल भएको छ ।

Related posts

श्रीमानले खुट्टा काटिदिएको पीडित महिलासंग अस्पताल मै पुगेर रास्वपा सांसद कानुले गरे भेट, उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता

MadhesKhabar

गहवामाई रथ यात्राका दिन असार २३ गते वीरगन्ज महानगरका सबै विद्यालयमा विदा

MadhesKhabar

लोक आस्थाको पर्व छठ विधिवत रुपमा सुरु

MadhesKhabar

Leave a Comment