Madhes Khabar
राजनीति

आँफुले विश्वासको मत नपाए प्रदेश सभा नै विघटन हुने नवनियुक्त मुख्यमन्त्री यादवकाे चेतावनी

फाइल तस्बिर ।

वीरगन्ज,२४कात्तिक:मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो सरकार बाध्यताक्रमबाट बनेको भन्दै समर्थन नपाए प्रदेशसभा नै विघटनसम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम बनेको सरकारलाई अस्थिरताको जोखिम रहेको उल्लेख गर्दै उनले विश्वासको मत प्राप्त नगरे प्रदेशसभा विघटनको अवस्था आउने बताएका हुन् ।

सञ्चारकर्मीहरूसंग कुरा गर्दै मुख्यमन्त्री यादवले भने, “यो सरकार बाध्यताको परिणाम हो । समर्थन नपाए प्रदेशसभा विघटनबाहेक अर्को विकल्प रहँदैन । त्यसैले सबै दलको सहयोग आवश्यक छ ।”

उनका अनुसार अहिले विश्वासको मतका लागि नेपाली कांग्रेस र जनमत पार्टीसंग निरन्तर संवाद भइरहेको छ ।

Related posts

रास्वपाको वीरगन्ज महानगर सभापतिमा आलम चयन

MadhesKhabar

जनमत पार्टी सरकारबाट बाहिरिदैन : सिके राउत

MadhesKhabar

मन्त्रालयलाई नटेरेपछि जीतपुरसिमराकी प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द गर्‍यौं :मन्त्री गुप्ता

MadhesKhabar

Leave a Comment