Madhes Khabar
राजनीति

रास्वपाको वीरगन्ज महानगर सभापतिमा आलम चयन

वीरगन्ज,२९मंसिर:राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) वीरगन्ज महानगरकाे सभापतिमा महमद महमुद्दीन आलम चयन भएका छन्।साेमबार वीरगन्जमा सम्पन्न रास्वपाकाे प्रथम वीरगन्ज महानगर भेलाले आलमको सभापतित्वमा २५ सदस्यिय महानगर समिति सर्वसम्मत रुपमा चयन गरेको हाे।

समितिको उपसभापतिमा परितोष द्विवेदी ,सचिवमा गौतम श्रेष्ठ, उपसचिवमा मुन्ना साह तथा सदस्यहरुमा कमल भुजेल ,देबकी गुरुङ , रत्ना मानन्धर ,पूर्णिमा शर्मा ,सञ्जु शर्मा , कन्हैया प्रसाद ,सन्दिप कुशवाह ,आस महम्मद मन्सुरी , आजम मिया अन्सारी ,विपिन शाह ,लक्ष्मी नारायण साह ,नगेन्द्र राउत थारु ,प्रमोद कुमार पटेल ,मुकेश कुमार कुर्मी ,उमेश कुमार साह ,प्रकाश कुमार कलवार ,सदरे आलम ,राज कुमार चौरसिया र राजकुमार उपाध्याय रहेका छन् ।

 

त्यसअघि भेलाको उद्घाटन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापती डीपी अर्यालले अब देशले रास्वपाको नेतृत्व खोजेको र अबको चुनावले त्यसलाई स्थापित गर्ने बताए । उनले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको र अबको सरकारले त्यसलाई कसरी लिन्छ त्यो सम्पूर्ण नेपाली जनताले नजिक बाट नियाली रहेको बताए ।

 

रास्वपा पर्साका सभापति हरी पन्तले पर्सा जिल्लामा राजनीति भ्रष्टाचारी र अपराधीहरूले जस्ता गलत व्यक्तिहरूले मात्र गर्ने हो भनेर एउटा गलत भाष्य निर्माण भएकोले अब पर्सेली जनताले त्यस्ता गलत नजिर तोड्ने बताए । उनले अब पर्सेली जनता परिवर्तनको पक्षमा उभिने बताए ।

 

कृष्णा पासवानले सहजीकरण गरेको उक्त भेलामा केन्द्रिय सदस्य डा. नन्दन यादब ,संगठन विभाग प्रमुख शंकर श्रेष्ठ ,नेताहरु जीतेन्द्र मिश्र ,मनोज कुर्मी , फैयाज मिया ,पुरुषोत्तम उपाध्यक्ष ,सब्बु कँडेल ,दिलीप कुर्मी ,राधिका न्यौपाने मानिस शाह लगायतले पनि मन्तब्य व्यक्त गरेका थिए ।

Related posts

गौर हत्याकाण्डका पीडितले भेटे प्रधानमन्त्री, वार्ता समिति बनाउने प्रधानमन्त्रीको आश्वासन

MadhesKhabar

धर्मनिरपेक्षता र संघीयताको विरोधमा राप्रपा नेपालले असाेज ३ गते देशभर प्रदर्शन गर्ने

MadhesKhabar

काँग्रेसका रामनारायण कुर्मी भन्छन् : इमान्दारीता नै मेरो एजेण्डा हो

MadhesKhabar

Leave a Comment