Madhes Khabar
समाचार

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बारा,२ कात्तिक:बारामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पथलैयाबाट निजगढ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित डुङ्ग्रे पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हाे ।

दुर्घटनामा घाइते भएका दुबै जनालाई बाराकै नाैतनस्थित एलएस न्युरो हस्पिटलमा लगिएकोमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।मृत्यु हुनेमा एक जना मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानाकाे नयाँ बस्तीका २० वर्षीय साजन तमाङ रहेका छन् ।

अर्का मृतकको भने अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Related posts

जाली नाेट छाप्ने मेसिनसहित बाराका दुई जना काठमाडौंमा पक्राउ

MadhesKhabar

पर्सामा एक महिनामै तस्करीका ७ करोड ६० लाख बढीको मालसामान नेपाल प्रहरीद्धारा बरामद

MadhesKhabar

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

MadhesKhabar

Leave a Comment