Madhes Khabar
समाचार हेडलाइन

पर्सामा एक महिनामै तस्करीका ७ करोड ६० लाख बढीको मालसामान नेपाल प्रहरीद्धारा बरामद

वीरगन्ज,२ पुस : पर्सामा १ महिनामा प्रहरीले भन्सार रास्व छली (तस्करी) का ७ करोड ६० लाख भन्दा बढी मूल्यका मालसामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार सार्वजनिक गरेको गत मंसिर महिनाको कार्य प्रगति विवरण अनुसार, प्रहरीले गत मंसिर महिनामा जिल्लाका विभिन्न स्थानबाट ७ करोड ६१ लाख ५० हजार ८३७ रुपैयाँ मूल्य बराबरको विभिन्न मनलसामान बरामद गरेको हो ।

यस्तै गत मंसिर महिनामा पर्साका विभिन्न स्थानबाट गरी लागू औषध गाँजा ५ क्वीन्टल २९ किलो १०३ ग्राम, चरेस १० किलो २०० ग्राम,ब्रउन सुगर ५६ ग्राम र टामाडोल ७६ हजार १७० पिस पनि बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक सदीपराज पाठकले जानकारी दिए ।

यसैगरी गत मंसिर महिनामै विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका २ सय जना फरार अभियुक्तहरुलाई पनि जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको पाठकले जानकारी दिए ।

 

Related posts

भाेजपुरी प्रतिष्ठान वीरगन्जले पनि मनायाे धाेती दिवस:आधुनिकतामा लागेर आफ्नो भाषा, संस्कृति र पहिचान नभुल्न आग्रह

MadhesKhabar

 अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष

MadhesKhabar

पर्साको मुड्लीका विद्यार्थीहरु आन्दोलित, विद्यालयमा तालाबन्दी

MadhesKhabar

Leave a Comment