वीरगन्ज,२ पुस : पर्सामा १ महिनामा प्रहरीले भन्सार रास्व छली (तस्करी) का ७ करोड ६० लाख भन्दा बढी मूल्यका मालसामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार सार्वजनिक गरेको गत मंसिर महिनाको कार्य प्रगति विवरण अनुसार, प्रहरीले गत मंसिर महिनामा जिल्लाका विभिन्न स्थानबाट ७ करोड ६१ लाख ५० हजार ८३७ रुपैयाँ मूल्य बराबरको विभिन्न मनलसामान बरामद गरेको हो ।
यस्तै गत मंसिर महिनामा पर्साका विभिन्न स्थानबाट गरी लागू औषध गाँजा ५ क्वीन्टल २९ किलो १०३ ग्राम, चरेस १० किलो २०० ग्राम,ब्रउन सुगर ५६ ग्राम र टामाडोल ७६ हजार १७० पिस पनि बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक सदीपराज पाठकले जानकारी दिए ।
यसैगरी गत मंसिर महिनामै विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका २ सय जना फरार अभियुक्तहरुलाई पनि जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको पाठकले जानकारी दिए ।

