Madhes Khabar
समाचार

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

फाइल तस्बिर ।

काठमाडौं,४साउनः प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । उनि आगामी भदौं ३१ गते भारत भ्रमणमा जाने तय भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ ।भदौ ३१ गते भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमै स्वदेश फर्कने छ ।

आगामी नोभेम्बर तेस्रो साता अर्थात् कात्तिक पहिलो हप्ता मोदी पनि नेपाल आउन सक्ने आश्वासन आएको सरकारी पक्षले बताएको छ ।

तर मोदी काठमाडौं नआएर नेपालको कुनै धार्मिक पर्यटकीय वा व्यापारिक महत्वको ठाउँमा आउन सक्ने, प्रधानमन्त्री ओलीले मोदीलाई त्यहीँ स्वागत गर्ने सम्भावना रहेको बताइएको छ ।स्रोतका अनुसार मोदीको उक्त भ्रमण पनि छोटो नै हुनेछ ।साभारः अनलाइनखबर

Related posts

श्राद्वका लागि घर सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाकाे मृत्युु

MadhesKhabar

कर कार्यालय हटाउने सरकारी निर्णयको विरोधमा धर्ना सुरु

MadhesKhabar

विद्युत प्राधिकरणका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भयो : मन्त्री यादव

MadhesKhabar

Leave a Comment