Madhes Khabar
मधेस प्रदेश हेडलाइन

जनतालाई सुरक्षाकाे प्रत्याभूति हुने गरि काम गर्न सुरक्षा प्रमुखहरुलाई नवनियुक्त मुख्यमन्त्री साेनलकाे निर्देशन

वीरगन्ज,३१असाेज: मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले मधेस प्रदेशमा आम जनतालाई सुरक्षाकाे प्रत्याभूति हुने गरि काम गर्न प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

शुक्रबार मधेस प्रदेशकाे गृह, सञ्चार तथा कानून मन्त्रालयमा चार वटै सुरक्षा निकायका प्रमुख र मन्त्रालयहरुका सचिवसंगकाे ओैपचारिक बैठकमा मुख्यमन्त्री साेनलले आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरि काम गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री साेनलले बैठकमा सहभागी प्रदेशका मुख्य सचिव र मन्त्रालयका सचिवहरुलाई पनि जनतालाई छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्रवाह गर्न निर्देशन दिए।हालै भएको जेनजी पुस्ताको आन्दोलनको चाहना र मर्मअनुसार सुशासन कायम गर्नु अहिलेकाे सरकारकाे मुख्य दायित्व रहेकाे भन्दै उनले भने,मधेस प्रदेशमा सुशासन कायम राख्नु याे सरकारकाे दायित्व छ।त्यसैले हरेक सेवा पारदर्शी र छिटो छरितो हुनुपर्छ ।यसलाई मूलमन्त्र सम्झेर काम गर्नुहाेला।´

शुक्रबारकाे बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुख तथा प्रदेश सरकारका प्रमुख सचिवका साथै विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता थियो।

Related posts

मुख्यमन्त्रीका दाबेदार सोनल , फेरि प्रदेशसभामा चुनाव लड्दै

MadhesKhabar

आर्थिक मन्दीको असरः वीरगन्ज भन्सारमा थन्किए १२०० सवारीसाधन

MadhesKhabar

एमाले नेताकाे खल्तीबाट राष्ट्रपति बनाइयाे भने संविधान र लाेकतन्त्र दुर्घटनामा पर्छ: गगन थापा

MadhesKhabar

Leave a Comment