Madhes Khabar
मधेस प्रदेश

रौतहटमा घाँस काट्न गएका बेला पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

तस्बिर :अनलाइनखबर

रौतहट,२७असाेज:रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।

गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।

सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो ।साभार:अनलाइनखबर

Related posts

मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार रातारात बर्खास्त

MadhesKhabar

मधेसका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

MadhesKhabar

दशहरा मेलामा विवाद हुँदा दलित युवकको हत्या

MadhesKhabar

Leave a Comment