Madhes Khabar
मधेस प्रदेश

रौतहटमा घाँस काट्न गएका बेला पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

तस्बिर :अनलाइनखबर

रौतहट,२७असाेज:रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।

गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।

सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो ।साभार:अनलाइनखबर

Related posts

गाैरका मेयर साहको हत्या गर्न ३६ लाखमा सुपारी लिएका भारतीय ‘सुटर’ पक्राउ

MadhesKhabar

संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षमा उत्रिने मन्त्रि साहको चेतावनी

MadhesKhabar

रौतहटमा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

MadhesKhabar

Leave a Comment