सप्तरी,२१फागुनःसप्तरीको राजविराजमा रहेको मधेस कृषि विश्वविद्यालयका उपकुलपति डाक्टर वैद्यनाथ महतो र रजिष्टार भगवान ठाकुरलाई बर्खास्त गरिएको छ ।विश्वविद्यालय सिनेटको मंगलबारराति बसेको बैठकले उपकुलपति महतो र रजिष्टार ठाकुरलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
उपकुलपतिको नियुक्ति नै त्रुटीपूर्ण रहेको मधेस सरकारले बनाएको छानबिन समितिले पनि निष्कर्ष निकालेको छ ।समितिले आर्थिक अपचलन भएको समेत औल्याएको स्रोतले जनाएको छ । यद्यपि समितिको प्रतिवेदन भने सार्वजनिक गरिएको छैन।
तत्कालीन जसपा नेपाल नेतृत्वको सरकारले मधेस कृषि विश्वविद्यालयको उपकुलपतिमा डाक्टर महतोलाई नियुक्त गरेको थियो। त्यसको केहि दिनपछि रजिस्टारमा ठाकुर नियुक्त भएका थिए।
जनमत पार्टीका सतिश कुमार सिंह मुख्यमन्त्री बनेपछि भने मधेस सरकारले मधेस कृषि विश्वविद्यालयमा अनियमितता भएको भन्दै त्यस बिषयमा अनुसन्धान गर्न छानबिन समिति बनाएको थियो।मंगलबार रातिको सिनेटको बैठकले विश्वविद्यालयको बजेट पारित गर्नुका साथै पहिलाको खर्चलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ।

