Madhes Khabar
स्वास्थ्य

हैजाकाे संक्रमण देखिएको डेढ महिनापछि वीरगन्जसहित पर्साका सबै पालिकामा खाेप अभियान सञ्चालन गरिदैं

वीरगन्ज,२५असाेज:हैजाकाे संक्रमण देखिएको डेढ महिनापछि वीरगन्ज महानगरपालिकासहित पर्साका १४ वटै पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुदैंछ ।

 

स्वास्थ्य कार्यालय पर्साले हैजा रोगको महामारीविरुद्ध प्रतिकार्य खोप अभियानबारे जानकारी दिन आयोजना गरेकाे जिल्लास्तरीय सरोकारवालाको अभिमुखीकरण कार्यक्रममा आइतबारदेखि खोप अभियान सुरु गर्न लागिएको जानकारी दिइको हो ।

 

विश्व स्वास्थ्य संगठन नेपालका चिकित्सक डा. पवन उपाध्यायले विश्व स्वास्थ्य संगठनले स्वास्थ्य कार्यालयको समन्वयमा यो अभियान सञेचालन गर्न लागेको बताए ।

आइतबारदेखि कात्तिक २ गतेसम्म पर्सामा १४ वटै पालिकामा एकैसाथ हैजाविरुद्धकाे खाेप अभियान सञ्चालन गरिँदैछ । साथै पर्सासँग जोडिएको बाराका कलैया र जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र बिश्रामपुर गाउँपालिका गरी ६ वटा पालिमा पनि खाेप अभियान सञ्चालन गर्न लागिएको उपाध्यायले बताए ।

उनले १ वर्षदेखि माथि उमेरका सबैले यो खोप लिन सक्ने बताए । मुखबाट सेवन गरेर लिन सकिने यो खोप १ वर्षसम्म ८० प्रतिशतसम्म प्रभावकारी हुने उनले दाबी गरे ।

स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा औपचारिक रुपमा प्रमुख जिल्ला अधिकारीसहित उच्च पदस्थ सरकारी अधिकारीहरुसमेत गरी करिब २ सय ५० जनाले यो खोप लिएर खाेप अभियानकाे उद्घाटन गर्ने बताए । खोप अभियानमा पर्सा जिल्लामा ६ लाख ५२ हजार १ सय २९ जनालाई यो खोप दिने लक्ष्य रहेको उनले बताए ।

तोकिएका केन्द्रहरु र घरभेट कार्यक्रमबाट पनि यो खोप लिने सकिने बताउँदै ठाकुरले यो खोप सुरक्षित रहेको पनि दाबी गरे । भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई, अदालत आदि सरकारी कार्यालयमा आउने सेवा ग्राही, बसपार्कमा भेटिने यात्रुहरुलाई पनि यो खोप दिने लक्ष्य रहेको उनले बताए ।

ठाकुरले गत भदौ ५ देखि वीरगन्जमा हैजा संक्रमण देखिएकोमा वीरगन्जका विभिन्न अस्पतालमा गरी १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी उपचारार्थ आएकोमा ती मध्ये २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको बताए । यसबाहेक पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा संक्रमण पुष्टि भएको उनले बताए ।

हालसम्म गरिएका परीक्षणहरुबाट वीरगन्जका विभिन्न स्थानबाट संकलन गरिएको पानीमा हैजाको जीवाणु फेला नपरेको उनले बताए ।

Related posts

वीरगन्जको बयोधा हस्पिटलले उपचारका नाममा लुटीरहेको बिरामीका आफन्तको आरोप

MadhesKhabar

वीरगन्जमा आँखा ,कान ,नाक, घाटी तथा मुख स्वास्थ्य सम्बन्धि प्राथमिक उपचार बारे तीने दिने तालिम सम्पन्न

MadhesKhabar

विश्व वातावरण दिवसको अवसरमा पर्सामा वृक्षारोपण

MadhesKhabar

Leave a Comment