Madhes Khabar
स्वास्थ्य

वीरगन्जमा आँखा ,कान ,नाक, घाटी तथा मुख स्वास्थ्य सम्बन्धि प्राथमिक उपचार बारे तीने दिने तालिम सम्पन्न

वीरगन्ज ,३२जेष्ठ : आँखा ,कान ,नाक, घाटी तथा मुख स्वास्थ्य सम्बन्धि प्राथमिक उपचार बारे तीने दिने अभिमुखिकरण वीरगन्जमा सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय पर्साले आयाेजना गरेकाे अभिमुखिकरणमा जिल्लाकाे सखुवा प्रसाैनी, जगरनाथपुर, जिराभवानी र पटेर्वासुगाैली गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य संस्थामा कार्यरत २१ जना स्वास्थ्यकर्मीहरु सहभागी थिए ।उनिहरुलाई नारायणी अस्पतालका विशेषज्ञ चिकित्सकहरुले हरेक स्वास्थ्य संस्थाबाट विशेषज्ञ सेवाको आधारभुत सेवा प्रवाह गर्नका लागि तालिम दिइएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमाेद ठाकुरले जानकारी दिए ।

अभिमुखीकरण तालिममा डेण्टल सर्जन डाक्टर मनोज उपाध्याय, आँखारोग विशेषज्ञ डाक्टर हरिकान्त प्रसाद साह र डाक्टर कमोद श्रेष्ठका साथै स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशाेर साह , जनस्वास्थ्य अधिकृत जयमाेद ठाकुर र माेहनलाल साहले पनि सहजीकरण गरेका थिए।

 

अभिमुखिकरण तालिममा पालिकामा रहेका हरेक स्वास्थ्य संस्थामा आँखा कान, नाक , घाटी तथा मुख स्वास्थ सम्बन्धि प्राथमिक उपचार बारे सामाग्री माग गर्न स्वास्थ्यकर्मीहरुलाई सक्षम बनाउने विषयमा प्रशिक्षणपनि दिइएको ठाकुरले जानकारी दिए ।

Related posts

डाक्टरहरुको आन्दोलन स्थगित

MadhesKhabar

नारायणी अस्पतालको अनुगमन गर्दै स्वास्थ्यमन्त्री यादवले भने : नारायणी अस्पताल सुधारेरै छाड्छु

MadhesKhabar

वीरगन्जमा आज थप २९ जनामा हैजाको संक्रमण पुष्टि, अस्पतालमा १६१ जना बिरामी भर्ना

MadhesKhabar

Leave a Comment