काठमाडौं,१९असाेज:हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव छ। काठमाडौं उपत्यकादेखि पूर्वको झापासम्म भीषण वर्षा भएको छ। पूर्वमा वर्षा जारी छ भने काठमाडौंमा वर्षा मत्थर भएको छ।
आइतबार दिउँसो कोशी प्रदेश र मधेस प्रदेशका अधिकांश स्थानहरूमा पूूर्ण बादल लाग्ने अवस्था छ।
बागमती, लु्म्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरूमा आंशिक बदलीको सम्भावन छ।
कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।
८ वटा नदीहरूले पार गरे खतराको तह
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ८ वटा नदी खतराको तहमा पुगेको बताएको छ। बिहान ५ः३० बजे गरिएको मापन अनुसार बागमती, सुनकोसी, अरूण, तमोर, कन्काई, बुढी खोला–सुनसरी, बिरिङ खोला झापा लगायत नदीले विभिन्न स्थानमा खतराको तह पार गरिसकेका छन्।
त्यस्तै १२ वटा नदी केन्द्रहरूमा जलसतह सतर्कताभन्दा माथि र प्रायजसो बढ्दो क्रममा रहेको महाशाखाले बताएको छ।
बागमती, कमला, कोसी जलाधार अन्तर्गत् पर्ने नदीहरू सतर्कता तहभन्दा माथि छन्।
यस्तै कोशी, मधेस र बागमी प्रदेशका अन्य सबै नदीनालाहरूमा बहाब सतर्कता तह नजिक पुगेको पनि महाशाखाले बताएको छ।
बागमती र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तिब्रता विस्तारै घट्न सुरू गरेको र कोसी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको महाशाखाले बताएको छ।साभार:सेताेपाटी

